Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीप लामिछानेबाट पीडित युवती अस्पताल भर्ना, भएको के हो ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबाट पीडित युवती अस्पताल भर्ना भएकी छन् ।

चिकित्सकको प्रेस्क्रिप्सनविपरीत औषधि सेवन गर्दा बिरामी भएपछि उपचारका लागि अस्पताल भर्ना गरिउको हो ।

काठमाडौं प्रहरीका अनुसार तीन दिनबाट पेनिक अट्याक आएपछि निको हुनका लागि उनले एकैचोटि तोकिएको मात्राभन्दा धेरै औषधि सेवन गरेको बुझिएको छ ।

उनी नर्भिक अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ । अहिले बिरामीको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077