Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भ्रष्टाचारमा लिप्त जनप्रतिनिधि धमाधम अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न भ्रष्टाचारमा संलग्न जनप्रतिनिधिहरुलाई एक पछि अर्को गर्दै नियन्त्रणमा लिने क्रम जारी राखेको छ । गाउपालिकाका अध्यक्षहरु नै एकपछि अर्को गर्दै रंगेहात तथा घुस लिएपछि पक्राउ परिरहेका छन् ।

जनताको घरदैलाको सरकारका रुपमा लिइने स्थानीय तहमा जनप्रतिनिधिहरु भ्रष्टाचारमा संलग्न भएको उजुरी बढेसंगै आयोगले त्यसको अनुसन्धान गरी भ्रष्टाचारमा संलग्न जनप्रतिनिधिहरुलाई नियन्त्रणमा लिन थालेको हो ।

स्थानीय तहमा हुने गरेका रकम हिनामिना, भ्रष्टाचारको विषयमा धमाधम उजुरी पर्दै आएको स्थितिमा आयोगले अनुसन्धान गर्दै त्यस्ता कार्यमा संलग्न जनप्रतिनिधिहरुलाई सोधपुछ गर्नेदेखि विशेष अदालतमा मुद्दा दायर गर्नेसम्मका कार्यलाई तीब्रता दिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

आयोगले गत बुधबार सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।घुस सम्बन्धी विषयमा सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिएको आयोगले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077