Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले आरजुलाई कृषि समिति सभापतिको उम्मेदवार बनाउने

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आरजु राणा देउवालाई कृषि समिति सभापतिको उम्मेदवार बनाउने भएको छ । कांग्रेसले पाउने ४ समिति सभापतिको उम्मेदवार आज बिहान टुंगो लगाएको हो ।

जसअनुसार राज्य व्यवस्था समिति सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइ समितिमा सहमहामन्त्रीसमेत रहेका जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेलाई उम्मेदवार बनाउने तयारी छ ।

यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले ४, माओवादी केन्द्रले २, एमालेले ३ र एकीकृत समाजवादी, जसपा र जनमत पार्टीलाई १/१ समिति पाउने सहमति भएको थियो ।

संसदीय समितिको निर्वाचनका लागि आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोननयन दर्ताको समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077