Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा, पाँचौं नम्बरमा पालो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी इजलास नम्बर १५ मा न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासमा तोकिएको छ ।

नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका लामिछाने विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आजबाट नियमित सुनुवाइ गर्न लागिएको हो ।

पेशीको सूचीमा सन्दीपको मुद्दा पाँचौं नम्बरमा परेको छ । लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिका बलात्कार गरेको आरोप छ ।

गत बिहीबार न्यायाधीश राजुकुमार खतिवडाले पीडितकी आमाको जन्ममिति दुईथरी देखिएकाले यकिन गर्न पीडितको उमेरसम्बन्धी कागजात झिकाउन आदेश दिएका थिए।

उक्त कागजात अदालतमा आइसकेको छ। पीडित किशोरीले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

प्रहरीले लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा लिएको थियो । यस्तै सन्दीप सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आइतवार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077