Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सबै जाति र समुदाय मिलेर देश बनाउनु पर्छ : सांसद सुनार

काठमाडौं । राष्ट्रियसभा सांसद भुवनबहादुर सुनारले सबै जाति र समुदाय मिलेर देश बनाउनुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अधिकारको खोजी गर्दा सामाजिक सद्भाव बिग्रियो भन्न नमिल्ने बताए । अधिकारको माग गर्नेलाई सामाजिक सद्भाव बिगार्ने काम गरेको भनेर गलत अर्थ लगाउन नहुनेमा उनले जोड दिए ।

निजामती सेवामा जनसंख्याका आधारमा उत्पीडित समुदायको प्रतिनिधित्व हुनुपर्ने सांसद सुनारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077