Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पाँच वर्ष जेल बसेर निस्केका सुलभ पेस्तोलसहित पक्राउ

काठमाडौं । ज्यान मार्ने उद्योगमा पाँच वर्ष जेल सजाय भोगेर ०७१ मा कैदमुक्त भएका सुलभ भनिने सुरज श्रेष्ठ पेस्तोलसहित काठमाडौंबाट पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–७ का २८ वर्षीय सुलभ शुक्रबार राति बुढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट पक्राउ परेका हुन् ।

प्रहरीले उनको साथबाट ‘मेड इन युएसए’ लेखिएको १ थान पेस्तोल, त्यसमा लाग्ने चार राउन्ड ९ एमएमको गोली र एकथान म्यागजिन बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार पेस्तोलसहित पक्राउ परेका सुरजसहितको समूहले २०६७ सालमा रामेछाप घर भई बौद्ध बस्ने चुस्पे भनिने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077