Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आफैँ लुकेर अपहरणको नाटक गरेपछि…

    आफैँ लुकेर अपहरणको नाटक गरेपछि…

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 2.4K
    SHARES

    मकवानपुर । मकवानपुरमा आफैँ लुकेर अपहरणको नाटक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    आफैँ लुकिछिपी बसेर अपहरणको बहाना बनाएको आरोपमा प्रहरीले राक्सिराङ–५ का ४६ वर्षीय कुमार प्रजालाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।



    यही भदौ ३ गते बिहान साढे ११ बजेतिर घरबाट निस्केर परिवारको समेत सम्पर्कमा नआएका प्रजाले आफैँ लुकिछिपी बसेर अपहरणको नाटक गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    प्रजालाई मनहरी गाउँपालिका–४ नयाँ बस्तीमा सूर्यबहादुर प्रजाको घरमा आफैँ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

    पक्राउ परेका कुमार र सानुबाबु रुम्बाको बीचमा आर्थिक लेनदेन रहेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार