Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एशिया कप खेल्न आज पाकिस्तान जाँदै सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्न आज पाकिस्तान जाँदैछन् । स्पिनर सन्दीप एसिया कपको पहिलो खेल खेल्न आज पाकिस्तानतर्फ जान लागेका हुन् ।

१८ वर्षमुनिकी एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका सन्दीपको यसअघि एशिया कप खेल्न जाने या नजाने टुङ्गो लागेको थिएन ।

आइतबार जिल्ला अदालत काठमाडौंमा उनी विरुद्धको मुद्दाको पेशी हेर्न नभ्याईनेमा राखेपछि र अर्को पेशी भदौ २१ गतेलाई तोकेपछि उनको एशिया कप यात्रा निश्चित बनेको हो । पाकिस्तान र भारतसँगको खेलपछि मात्रै खेपीरहेको मुद्दाको पेशी परेकाले पनि सन्दीपकोे एशियाकपमा खेल्न जाने मौका मिलेको हो।

भदौ १३ गतेबाट सुरु हुने एशिया कपमा नेपालले उद्घाटन खेलमै पाकिस्तानसँग उसैको भूमी मुल्तानमा खेल्नेछ। यसपछि उतैबाट श्रीलंका पुगेर नेपालले भदौ १८ गते भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077