Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालले आज थाईल्यान्डसँग अभ्यास खेल खेल्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा आज थाईल्यान्डसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे मलेसियामा शुरु हुँदैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम तयारी खेल खेल्न लागेको हो ।

यसअघि शनिवार नेपालले चार देशीय महिला टी–२० को उपाधि जितेको थियो ।

आईसीसी महिला विश्वकप टि–२० एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077