Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा नरेशको मृत्यु, प्रकाश घाइते

पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

आइतबार राति १ बजे तानसेन-तम्घास सडक खण्डमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सल्यानको कालीमाटी गाउँपालिका-२ का ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर भित्तामा ठोक्किएको थियो।

दुर्घटनापछि गम्भीर घाइते अवस्थामा घर्तीलाई तानसेन स्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलको पछाडि बसेका नवलपरासी सरावल गाउँपालिका-१ का २८ वर्षीय प्रकाश थारू घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077