Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन (पूर्णपाठसहित)

    चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधन गरेको छ । राष्ट्र बैंकले सोमबार मार्गदर्शन संशोधन गर्दै चालू पुँजी कर्जाको सीमा बढाएको हो ।

    बैंकले एक परिपत्र जारी गर्दै चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई संशोधन गर्दै उत्पादनमुलक उद्योगले ३ करोडसम्मको चालुपूँजी कर्जा प्रयोग गर्दा मार्गदर्शन लागु नहुने व्यवस्था गरेको छ ।



    राष्ट्र बैंकले मौद्रिक नीतिमा जनाएको प्रतिवद्धता अनुसार चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन पुनरावलोकन गरेको हो । अन्य व्यवसायको हकमा समग्र बैंकिङ प्रणालीबाट कुल १ करोडसम्म चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा उक्त मार्गदर्शन लागु नहुन व्यवस्था यथावत छ ।

    यसअघि सबै कर्जाको लागि एक करोडको सीमा रहेकोमा अब उत्पादनमुलक उद्योगको लागि भने ३ करोडको सीमा तोकेको हो ।

    राष्ट्र बैंकले उत्पादनमुलक उद्योगलाई ४ करोडसम्मको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नसक्ने व्यवस्था गरेको छ ।

    यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्ने र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुने संशोधित व्यवस्थामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार