Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधिसभाका १० वटै समिति सभापति निर्विरोध निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० वटै समितिको सभापति निर्विरोध निर्वाचित भएका छन्।

प्रतिनिधिसभाअन्तर्गतका १० समितिको नेतृत्वका लागि आइतबार ९ वटामा एकल र एउटामा दुई जनाको उम्मेदवारी परे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि सबै निर्विरोध भएका छन्।

नेपाली कांग्रेसबाट राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, अर्थ समितिमा सन्तोष चालिस र कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति आरजु राणा देउवा सर्वसम्मत चयन भएका हुन्।

त्यस्तै सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल र एमालेकै किरणकुमार साह महिला तथा सामाजिक मामिला समितिको सभापति सर्वसम्मत चयन भए।

त्यस्तै कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादीकी विमला सुवेदी, पूर्वाधार विकास समितिमा दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भानुभक्त जोशी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा राजकिशोर यादव र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित भएका हुन्।

संसद् सुरु भएको साढे ७ महिनापछि संसदीय समितिले नेतृत्व पाएको हो । २०७९ पुस अन्तिम साता संसद्को पहिलो बैठक बसेको थियो भने वैशाख १५ मा संसदीय समिति गठन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077