Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पालिकालाई संघीय मन्त्रालयको परिपत्र - बजार अनुगमन तीव्र बनाउनू

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाउन पालिकालाई परिपत्र गरेको छ ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी रोक्न पालिकालाई परिपत्र गरिएको हो ।

मन्त्रालयले सबै ७ सय ५३ वटै पालिकालाई परिपत्र गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सङ्घीय मामिला मन्त्रालयलाई बजार अनुगमनका लागि पालिकालाई जानकारी दिन परिपत्र गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077