Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आगामी राजनीति युवाको पक्षमा ल्याउनुपर्छ, हामी त बुढो भइसक्यौँ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी राजनीति युवाको पक्षमा ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै कोइरालाले यस्तो बताएका हुन् । उनले आगामी राजनीति युवाहरुको पक्षमा ल्याउनुपर्ने बताए ।

आफूहरु बुढो भइसकेको र कहिले ढल्ने भन्ने थाहा नभएको भन्दै उनले राजनीतिमा युवाको आवश्यकता औँल्याए । उनले भने, ‘भोलिको राजनीति भनेको युवाहरुको पक्षमा ल्याउनुपर्छ । हामी त बुढो भइसक्यौँ, कहिले ढल्छौँ थाहा छैन ।’

यस्तै १५ औँ महाधिवेशनको तयारी स्वरुप सातवटै प्रदेशमा घुम्ने तयारी रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077