Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसद्ले पारित गरेको व्याख्यात्मक टिप्पणी स्वीकार नगरिए एमसीसी मान्न सकिँदैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का एवं अध्यक्ष माधवकुमार नेपालले संसद्ले पारित गरेको व्याख्यामक टिप्पणी स्वीकार नगरे एमसीसी मान्न नसकिने बताएका छन् ।

मोर्चाले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै मोर्चाका अध्यक्षसमेत रहेका नेपालले यस्तो बताएका हुन् ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई हिन्द महासागरीय रणनीतिअन्तर्गत स्वीकार गर्न नसकिने बताए । संसद्ले पारित गरेको व्याख्यामक टिप्पणी स्वीकार नगरिए त्यसमा जान नसकिने स्पष्ट पारे ।

देशभन्दा माथि सरकार नहुने उल्लेख गर्दै उनले एमसीसीबारे सबै प्रष्ट हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077