Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

६० किलो सुन तस्करी प्रकरण : अनुसन्धान गर्न एसएसपी आचार्य हङकङ जाँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो सुनबारे अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्य हङकङ जाने भएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एसएसपी आचार्यलाई इन्टरपोल हङकङसँगको समन्वयमा हङकङ पठाउन लागेको हो ।

सीआईबीले सुन प्रकरणको अनुसन्धानमा सहयोग गर्न इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंमार्फत एनसीबी बेइजिङलाई पत्राचार गरेको थियो । तस्करीबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ ।

हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077