Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारत र पाकिस्तानसामु चुनौतीपूर्ण खेल पस्किन्छौँ, नेपालमा हामीबाट ठूलो अपेक्षा छ : कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा भारत र पाकिस्तान दुवैसँग प्रतिस्पर्धात्मक खेल खेल्ने बताएका छन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले यस्तो बताएका हुन् । उनले एसिया कप नेपालका लागि विशेष अवसर भएको पनि बताए ।

पहिलोपटक एसिया कप खेल्न लागेको बताउँदै पौडेलले नेपालका लागि पाकिस्तानसँगको प्रतिस्पर्धा ठूलो उपलब्धि भएको बताए। कप्तान पौडेलले सबै नेपालीबाट टिमप्रति ठूलो अपेक्षा रहेको बताए ।

नेपाल र पाकिस्तानको टिमबीच अनुभवमात्र फरक भएको उनको भनाई छ । बुधबार नेपालले पाकिस्तानसँग एसिया कप खेल्दैछ। एसिया कपका लागि नेपाल गत मंगलबार पाकिस्तान पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077