काठमाडौं । एसिया कप क्रिकेट २०२३ आजदेखि पाकिस्तानमा शुरू हुँदैछ । पहिलो खेलमा नवप्रवेशी नेपालले बलियो पाकिस्तानको सामना गर्नेछ ।
एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले
एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । समूह ‘ए’ मा रहेको नेपालको दोस्रो प्रतिद्वन्द्वी भनेको भारत हो ।
दुई पटकको एकदिवसीय विश्वकप विजेता र सर्वाधिक सात पटकको एसिया कप च्याम्पियन हो, भारत । विश्व क्रिकेटकै हस्ती भारतसँग नेपालले भदौ १८ गते श्रीलंकाको केन्डीमा आफ्नो दोस्रो खेल खेल्नेछ ।