Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले सचिवालय बैठक सिरहाको अम्बासमा बस्दै

    एमाले सचिवालय बैठक सिरहाको अम्बासमा बस्दै

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 876
    SHARES

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी) मा बैठक बस्न लागेको हो ।

    बैठकका लागि अध्यक्ष केपी शर्मा ओली काठमाडौंबाट सिरहा जाँदैछन् । अन्य नेताहरु पुग्ने क्रममा छन् ।



    बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै संगठन सुढृढीकरणका लागि आगामी कार्यक्रम तय गर्ने र केन्द्रीय कमिटी बैठकको मिति तोक्नेछ।



    यस्तै समसमायिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ । यही भदौ ९ गते बस्ने भनिएको एमाले सचिवालय बैठक अम्बासमा बाढी आएपछि आजसम्मका लागि स्थगित भएको थियो । ​

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार