Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धनगढीमा आज हुने भनिएको समाजवादी मोर्चाको 'सन्देश सभा' स्थगित

कैलाली । आज धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा स्थगित भएको छ ।

सुदूरपश्चिम प्रदेशको आजको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरी आउने तयारी गरिरहेका थिए ।

तर अन्तिम समयमा कार्यक्रम स्थगित भएको हो । माओवादी केन्द्रका नेता खगराज भट्टले सन्देश सभा स्थगित भएको जानकारी दिए । तर उनले के कारणले सभा स्थगित भएको हो त्यो भने खुलाएका छनन् ।

सुदूरपश्चिम प्रदेशको कार्यक्रम स्थगित भए पनि अब कहिले हुन्छ भन्ने बारे टुङ्गो लागेको छैन । हिजो उक्त कार्यक्रम लुम्बिनी प्रदेशमा आयोजना गरिएको थियो । मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077