Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सुन काण्डले बदनामी भएको भन्दै विमानस्थल भन्सारका कर्मचारीले मागे सामूहिक सरुवा

काडमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत १३७ जना कर्मचारीले सामूहिक सरुवा मागेका छन् ।

सुनकाण्डले बदनामी भएको भन्दै विमानस्थल भन्सारका कर्मचारीहरुले सामूहिक सरुवा मागेका हुन् । ६१ किलो सुन समातिएपछि आफूहरूमाथि अनुसन्धानको नाममा धरपकड गर्ने र विना कारण दुःख दिने काम भएको गुनासो उनीहरूले गरेका छन् ।

महानिर्देशसमक्ष मागिएको सामूहिक सरुवाको निवेदनमा भनिएको छ, ‘कर्मचारीहरुले निरन्तर रुपमा आफ्नो कर्तव्य निर्वाह गर्ने शिलशिलामा रात दिन नभनी २४ सै घण्टा सार्वजनिक बिदाका दिनहरुमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई प्रचलित कानुन बमोजिम नियमित रुपमा कामकाजमा खटिएका छौं । कामकाजको शिलशिलामा भन्सार राजस्व उठाउँदा यात्रु शाखामा यात्रुबाट हुने दुर्व्यवहार र अपशब्दको त कुनै सीमा नै छैन।’

आफूहरूको सरुवा मागको सुनुवाइ नभए कार्यालयको नियमित कार्य सम्पादन प्रभावित हुन सक्ने उनीहरूको चेतावनी छ । यसरी सरुवा माग गर्नेमा ३० जना अधिकृतस्तरका कर्मचारी छन् ।

भन्सार कार्यालयमा रहेका नासु, खरदार र कार्यालय सहयोगीले समेत सरुवा माग गरेका छन् । साउन २ गते विमानस्थल भन्सार कार्यालयबाट तस्करीको ६१ किलो सुन बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077