Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको हो ।

पौडेलको संलग्नताबारे भने प्रहरीले मुख खोलेको छैन ।  पौडेलसँगै सुन तस्करी प्रकरणमामा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन २ मा बरामद गरेको थियो ।

सो सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौं ल्याइएको थियो । बरामद सुन संगठित तरिकाले तस्करी भएको भन्दै राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन एसएसपी दिनेश आचार्यलाई हङकङ पठाउने तयारी छ । प्रहरीले चीन, हङकङ, सिंगापुर, भारतलगायतका देशसँग सुन तस्करीमा संलग्न सञ्जालको खोजीका लागि सहयोग गर्न इन्टरपोलमार्फत पत्राचार गरिसकेको छ ।

गएको असार २९ मा हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन ल्याएको खुलेको थियो । साउन २ गते भन्सार जाँचपास गरेर पार भइसकेको सामान राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077