Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल र पाकिस्तानबीचको खेल हेर्न जनकपुरका विद्यालयमा २ बजेपछि बिदा

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालय बिदा दिएको छ।

उपमहानगरपालिकाले एसिया कप क्रिकेट हेर्नको लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई २ बजेपछि बिदा दिएको हो ।

वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेका छन्।

आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानसँग खेल्दैछ।

नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्नेछ। आज नेपाली समय अनुसार सवा ३ बजेदेखि नेपाल र पाकिस्तानबीच खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077