Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से

काठमाडौं । आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । २.८२ अंकले नेप्से घटेको दिन आज परिसूचक १९८५ अंकसम्म पुगेको थियो ।

तर, अन्तिममा केही सुधारिँदै १९९० अंकमा पुगेर बन्द भएको हो । यस क्रममा आज नेप्सेमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८ लाख कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक सामान्य अंकले घटेपनि ७९ कम्पनीको मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको छ ।

१९ कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज सिटी होलटको सेयर मूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ७५६ रुपैयाँ पुगेको छ । यस्तै, सिद्धार्थ इक्वीटी फण्डको सेयर मूल्य भने ७.९४ प्रतिशतले बढेको छ ।

परिसूचक सामान्य घटेपनि आज होटल र टुरिजम समूहमा ७२ अंकको र व्यापार समूहमा ३७ अंकको सुधार आएको छ । यसबाहेक, उत्पादनमूलक समूहको सूचक ३६अंकले घटेको छ भने लघुवित्त समूहको सूचक १५ अंकले घटेको छ ।

यस्तै, जलविद्युत समूहको सूचक ५ अंक र वित्त समूहको सूचक ४ अंकले घटेको छ । हिजो मंगलबार नेप्से परिसूचक ५ अंकले घटेको थियो भने ८६ करोड रुपैयाँको कारोबार भएको थियो । हिजोको तुलनामा आज कारोबार रकम भने २७ करोडले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077