Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालले लियो पाकिस्तानको तेस्रो विकेट, रिजवान ४४ रनमा रनआउट

काठमाडौं । पाकिस्तानविरूद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

एसिया कपको उद्घाटन खेलमा टस हारेर पहिले फिल्डिङ गरिरहेको नेपालका लागि २३.४ ओभरमा दीपेन्द्र सिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरेका छन् ।

मोहमद रिजवानलाई ४४ रनमा ऐरीले रनआउट गरे । ५० बल खेलेका उनले ६ चौकासहित ४४ रन बनाएका थिए। उनले बाबर आजमसँग उत्कृष्ट साझेदारी गरेका थिए। बाबर ४३ रनमा अविजित हुँदै खेलिरहेका छन्।

यससँगै पाकिस्तानले २३.४ ओभर खेल्दै ३ विकेटको क्षतिमा ११२ रन बनाएको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो विकेट रन आउट गराएको हो ।

करण केसीले पाकिस्तानी ओपनर फकहर जमानलाई १४ रनमा आउट गर्न सफल भएका हुन् ।

करणको तेस्रो ओभरलगत्तै बलिङ गर्न आएका सोमपालको बलमा रन लिन खोज्दा अर्का ओपनर इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गर्न सफल भएका हुन् ।

इमाम ५ रन बनाएर आउट भए। पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077