Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

६० किलो सुन तस्करी प्रकरणमा दावाका मुख्य सहयोगी भारतबाट पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा प्रहरीले एक व्यक्तिलाई भारतबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

सुन तस्करीमा संलग्न दावा छिरिङका सहयोगी भनिएका किशोर बस्नेत भारतको नयाँ दिल्लीबाट पक्राउ परेका हुन् ।

बस्नेतलाई प्रहरीले दिल्लीबाट पक्राउ गरेर ल्याएको सीआईबीले जनाएको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको मुख्य सहयोगीका रुपमा देखिएपछि बस्नेतलाई पक्राउ गरिएको सीआईबी स्रोतले बतायो ।

बस्नेतले दावाको निर्देशन अनुसार हङकङबाट सुन जडित सामग्रीहरु मगाएको पाइएको छ ।

हालसम्म प्रहरीले यसमा २५ जनालाई पक्राउ गरेको छ । यसअघि प्रहरीले गणेश पौडेललाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077