Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्करी प्रकरणमा समातिएका पौडेल भन्सारका कर्मचारी भएको खुलासा

काठमाडौं । प्रहरीले ६० किलो सुन तस्करी प्रकरण संलग्न रहेको आरोपमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी भएको खुलेको छ ।

तस्करहरूको गिरोहलाई सहयोग गरेको पाइएपछि उनलाई पक्राउ गरिएको थियो ।

उनै पौडेल भन्सार कार्यालयमा मूल्यांकन शाखाका अधिकृत भएको खुलेको हो ।

हङकङबाट आएको ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन भन्सार जाँच पास भइसकेको अवस्थामा ३ साउनमा बरामद भएको थियो । अहिले सो प्रकरणको सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077