Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

व्यवसाय गरेर पैसा कमाउनु अपराध हैन, सरकारले अपराधीजस्तो व्यवहार नगरोस् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योग व्यवसायीलाई सरकारले अपराधीको जस्तो व्यवहार गर्न नहुने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजना भएको निजी क्षेत्रको आवाज विषयक वृहत छलफल कार्यक्रममा बोल्दै सांसदसमेत रहेका लामिछानेले यस्तो बताएका हुन् ।

उनले उद्योग व्यवसाय गरेर पैसा कमाउनेलाई सरकारले अपराधीजस्तो व्यवहार गर्न नहुने बताए । संविधानले नगर भनेको कुरालाई लिएर व्यवसायीहरुलाई अपमानित गर्ने र उनीहरुलाई निरुत्साहित गर्ने काम नगर्न यनले आग्रह गरे ।

राज्यले मुलुकभित्रै निजी क्षेत्रलाई व्यावसायिक वातावरण भए मात्र देश समृद्ध हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077