Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिवि र विद्यार्थी संगठनहरुबीच ५ बुँदे सहमति, बढाइएको शुल्क फिर्ता लिइने

काठमाडौं । इन्जिनियरिङ अध्ययनको शुल्क वृद्धिविरुद्ध आन्दोलनरत विभिन्न विद्यार्थी संगठन र त्रिभुवन विश्वविद्यालयबीच सहमति भएको छ।

बुधबार त्रिविका पदाधिकारी र विद्यार्थी संगठनका पदाधिकारीबीच त्रिविमा भएको वार्तामा पाँच बुँदे सहमति भएको हो ।

विद्यार्थीहरुले आमरण अनशनसम्मको आन्दोलन गरेपछि त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धि फिर्ता हुने भएको हो ।

सहमति अनुसार इन्जिनियरिङ अध्ययन संस्थानले गरेको हालको शुल्क वृद्धि फिर्ता लिन निर्देशन दिने निर्णय भएको छ।

यसका लागि विद्यार्थी प्रतिनिधिसहित समिति गठन हुने र त्यसले सात दिनभित्रमा प्रतिवेदन पेस गर्ने र प्राप्त सुझावका आधारमा कायम गरिने शुल्कलाई लागू गर्न सबै पक्ष सहमत निर्णय पनि भएको त्रिविले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077