Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई हिरासतमा राख्न आदेश

एजेन्सी । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमा राख्न आदेश दिएको छ ।

इस्लामावाद उच्च अदालतले मङ्गलबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा खानलाई जेलमा राख्न आदेश दिइएको हो ।

पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी मुद्दामा फसेका छन् । उनीमाथि दुई सयवटा मुद्दा लगाइएका छन् ।

नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षडयन्त्रअनुरुप ती मुद्दा लगाइएको दाबी गरेका छन् ।

नेता खानका वकिल सलमान सफदरले औपनिवेशिक युगको गोप्य कानूनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न म्याद थपिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077