Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप : नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

काठमाडौं । एसिया कपमा डेब्यु गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तानसँग १०४ रनमा नै अलआउट भएको छ ।

पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भएको हो । नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

नेपालका लागि कुशल भुर्तेल ८, आसिफ शेखले १४, आरिफ शेखले २६, सोमपाल कामीले २८, दीपेन्द्रसिंह ऐरीले ३, गुल्सन झाले १३ र कुशल मल्लले ६ रन बनाएका थिए । भने करण केसी सात रनमा अविजित रहे ।

नेपाललाई सस्तैमा समेट्न पाकिस्तानका सदाब खानले चार विकेट लिए । साहिनसाह अफ्रिदी र ह्यारिस रौफले समान दुई विकेट लिए । नसिम साह र मोहम्मद नवाजले एक–एक विकेट हात पारे ।

यसअघि मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो । उसका लागि कप्तान बाबर आजमले १५१ रन बनाए भने इफ्तिखार १०९ रनमा अविजित रहे ।

नेपालका सोमपाल कामीले दुई विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए । यसबाहेक नेपालले अन्य दुई विकेट रन आउटबाट लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077