Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज सुर्खेतमा समाजवादी मोर्चाको ‘सन्देश सभा’, सम्बोधन गर्दै शीर्ष नेता

सुर्खेत । समाजवादी मोर्चाका शीर्ष नेताहरूले आज सुर्खेतको ‘सन्देश सभा’लाई सम्बोधन गर्ने भएका छन् ।

वीरेन्द्रनगरमा हुने ‘सन्देश सभा’लाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता आउन लागेका हुन् ।

टोलीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सुर्खेत आउँदै छन् ।

वीरेन्द्रनगरको सिटी हलमा आयोजित उक्त सभामा प्रदेश स्तरीय मोर्चाको घोषणा समेत हुने छ । बुधबार धनगढीमा हुने कार्यक्रम भने स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077