Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया क्षेत्र छनोट : मलेसियासँग नेपालको खराब शुरुवात

काठमाडौं । नेपालले आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको पहिलो खेलमा अहिले घरेलु टोली मलेसियासँग खेलिरहेको छ । यो खेलमा नेपालले खराब शुरुवात गरेको छ ।

बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ९ ओभरमा ५ विकेट गुमाएर ३३ रन बनाएको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले ग्लोबल छनोट खेल्न पाउनेछन् ।प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077