Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीबाट हातहतियार र गोलीगट्ठासहित चारजना पक्राउ

कैलाली । प्रहरीले कैलालीमा हातहतियार र गोलीगट्ठासहित चार जनालाई पक्राउ गरेको छ । बुधबार राति जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाबाट उनीहरु प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा अर्जुन बिक, रामचन्द्र चौधरी, नरेश डगौरा र सचिन चौधरी रहेका छन् ।

लम्की प्रहरीको गस्तीमा खटि गएको टोलीले गस्ती गर्दै जाने क्रममा कुन्तीखेत जाने बाटोको छेउमा बसेको अवस्थामा उनीहरुलाई खानतलासी गर्दा प्वाइन्ट २२ हर्नेट (बन्दुक) नाल १ ,सोको म्यागजिन थान १, गोली १५ राउण्ड, बारुद ५ ग्राम फेला पारेको थियो ।

उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077