Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा

    मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 753
    SHARES

    चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ ।

    चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको नाम्सी पुल नजिकै बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।



    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार केहीबेर अघि एकतर्फी सञ्चालनमा आएको सडक पहिरो पन्छाएपछि दुईतर्फी नै खुलाइएको हो ।



    यसअघि पनि नाम्सी पुल नजिकै पहिरो खस्दा पटक(पटक सडक अवरुद्ध हुँदै आएको थियो । गएको शनिवार पनि यही क्षेत्रमा पहिरो खसेको थियो भने ७ गते र ५ गते पनि पहिरो गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार