Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चार्टर फ्लाइटमा श्रीलंका उड्यो नेपाली क्रिकेट टोली

काठमाडौं । नेपाली क्रिकेट टोली चार्टर फ्लाइटमा श्रीलंकातर्फ लागेको छ । एसिया कपमा पाकिस्तानविरुद्ध बुधबार खेलेको नेपाली क्रिकेट टोली श्रीलंकातर्फ लागेको हो ।

समूह ‘ए’ को बाँकी खेल खेल्न पाकिस्तान र नेपाली टोली बिहीबार बिहान ३ बजे एउटै चार्टर फ्लाइटमा कोलोम्बोतर्फ लागेका हुन् ।

पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यु गरेको थियो । तर नेपाललाई २३८ रनले पराजित भएको थियो ।

पाकिस्तानले आफ्नो चीर प्रतिद्वन्द्वी भारतविरुद्ध शनिबार क्यान्डीमा खेल्दै छ । त्यसको दुई दिनपछि भारतले क्यान्डीमा नेपालविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077