Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला टी-२० विश्वकप छनोट : नेपालले मलेसियालाई दियो ८५ रनको लक्ष्य

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप छनोटमा नेपालले मलेसियालाई ८५ रनको लक्ष्य दिएको छ।

मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा ८४ रन बनाएको हो ।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ३८ रन बनाइन् । अप्सरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077