Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कपको दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली

काठमाडौं । एसिया कप २०२३ को दोस्रो खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ ।

पाकिस्तानमा बुधबार भएको पहिलो खेल खेलेको नेपाली टोली आफ्नो दोस्रो खेलका लागि श्रीलंका पुगेको हो ।

पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो ।

पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यु गरेको थियो । तर नेपाललाई २३८ रनले पराजित भएको थियो ।

पाकिस्तानले आफ्नो चीर प्रतिद्वन्द्वी भारतविरुद्ध शनिबार क्यान्डीमा खेल्दै छ । नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ ।

दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।

समूह ‘ए’ को बाँकी खेल खेल्न पाकिस्तान र नेपाली टोली बिहीबार बिहान ३ बजे एउटै चार्टर फ्लाइटमा कोलोम्बो गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077