Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष अभियान' चन्द्रागिरिबाट सुरू हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान चन्द्रागिरि–२ बाट सुरू गर्ने भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानको सुरुआत गर्न लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले अभियानको सुरु गरेपछि एकसाथ भर्चुअल माध्यमबाट ७५३ वटै पालिकाका कार्याक्रमलाई सम्बोधन गर्ने तयारी छ।

चन्द्रागिरि २ गत गत स्थानीय निर्वाचनमा माओवादीले जितेको थियो। काठमाडौंमा आधार इलाका कमजोर भएको माओवादीले चन्द्रागिरिबाट अभियानको सुरु गर्न लागेको हो।

माओवादीले विशेष महाधिवेशनअघि भदौं १६ बाट मंसिर १६ सम्म बिशेष अभियान चलाउँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077