Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आगलागी हुँदा ६३ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकाको जोहान्सबर्गमा एक पाँच तले भवनमा आगलागी हुँदा ६४ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो शहर जोहानेसबर्गको केन्द्रीय व्यापारिक क्षेत्रमा बिहीबार भएको आगलागीमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको हो ।

आगलागीमा परेर ४३ जना घाइते भएका छन् । खोज र उद्धार प्रयाशहरू जारी रहेका जनाएको छ।  शहर प्रशासनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै मृत्यु हुनेको संख्या ६३ पुगेको जनाएको छ।

फायर फाइटरहरू र आपतकालीन सवारीहरू घटनास्थलमा पुगेका छन्। ज्यान गुमाउने व्यक्तिका शवहरु आगलागी भएको स्थान नजिकैको सडकमा कपडाले ढाकेर राखिएको थियो। आगलागीको कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077