Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई विप्लवले भने - तपाई कुर्सीबाट भ्रष्टाचारविरुद्ध लड्नुस्, सडक मोर्चामा हामी साथ दिन्छौं

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा बसेर लड्नुपर्ने बताएका छन् ।

समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको सभामा बोल्दै विप्लवले यस्तो बताएका हुन् । प्रधानमन्त्रीको कुर्सीबाट भ्रष्टाचारविरुद्ध लडेमा सडकबाट आफूले साथ दिने विप्लवको भनाइ छ ।

महासचिव चन्दले भ्रष्टाचारी जोसुकै भएपनि छुट दिन आवश्यक नभएको बताए । उनले आफ्नै पार्टीका नेता भ्रष्टाचार र मानव बेचबिखनमा संलग्न रहेको पाइए पनि कारबाही गर्न आग्रह गरेका थिए ।

महासचिव चन्दले भने,'तपाईं प्रधानमन्त्रीको कुर्सीबाट लड्नुस् चोकको मोर्चाबाट हामी लड्छौं । कुनै पनि भ्रष्टाचारीलाई छुट दिन आवश्यक छैन । राता हुन्, काला हुन् कि सेता हुन् भ्रष्टाचारीलाई छोड्नु हुँदैन ।'

भ्रष्टाचारी आफ्नै पार्टीका भएपनि कारबाही गर्नैपर्ने महासचिव चन्दले बताए उनले मानव तस्करीलाई पनि कारबाही गर्नुपर्ने बताए । वर्तमान सरकार बनेपछि भ्रष्टाचारी र मानव तस्करलाई कारबाही भएको चन्दको भनाइ थियो ।

महासचिव चन्दले प्रधानमन्त्री दाहालविरुद्ध षडयन्त्र भइरहेको पनि दाबी गरेका छन् । राज्यका विभिन्न शक्तिबाट प्रधानमन्त्रीविरुद्ध घेराबन्दी भइरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077