Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई माधव नेपालको आग्रह - सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुनुस्

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आग्रह गरेका छन् ।

समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको सभामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । प्रचण्ड नेतृत्वको सरकारलाई कुनै पनि शक्तिले ढाल्न नसक्ने अध्यक्ष नेपालले बताए । नेपालले सरकारले सही काम गरिरहेको पनि बताए ।

अध्यक्ष नेपालले भने,'यो सरकारलाई देशी, विदेशी कुनै शक्तिले हल्लाउन सक्दैन । यो सरकार कहिले ढल्ने हो भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुनुस् । कसैलाई ढलोस् भन्ने लागेको छ भने असिन-पसिन हुन दिनुस् । हामीले यो सरकार राम्रो उद्देश्यका निम्ति बनाएका छौं ।'

नेपालले सरकारमा रहेका कम्युनिस्ट धारका दलहरूको मोर्चा हुँदा सत्तारुढ कांग्रेस रुष्ट हुन्छ कि भन्नेहरू पनि रहेको तर त्यो सही नभएको बताए । सत्तारुढ गठबन्धनमा रहेका सबै एक ठाउँमा रहेको नेपालको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध चालेको कदममा सत्तारुढ दलहरूको ऐक्यबद्धता रहेको नेपालको भनाइ थियो । प्रधानमन्त्रीले आफ्नो पार्टीका हुन् वा अरु पार्टीका जोसुकै पनि भ्रष्टाचारमा संलग्न भए पनि कारबाही चलिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077