Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जी-२० शिखर सम्मेलनमा पुटिन र सी सहभागी नहुने

एजेन्सी । विश्वका २० प्रमुख अर्थतन्त्रहरुको लुज नेटवर्क जी-२० मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ सहभागी नहुने भएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा नौ दिनपछि आयोजना हुने जी-२० शिखर सम्मेलनमा पुटिन र सी सहभागी नहुने भएका हुन् ।

पुटिनले आफू आउन नपाउने जानकारी भारतीय पक्षलाई फोनै गरेर गराएका थिए । भारतमा आयोजना हुनु अगाडि इन्डोनेसियामा आयोजना भएको जी(२० शिखर सम्मेलनमा पनि पुटिन गएका थिएनन् ।

यस्तै चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि जी-२० मा नजाने बताइएको छ । सीको ठाउँमा चिनियाँ प्रधानमन्त्री लि चियाङ सहभागी हुने भएका छन् ।

गत हप्ता दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्रिक्सको १५औं शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी पनि गरेका सीको भारत भ्रमण नहुनुलाई अर्थपूर्ण मानिएको छ ।

रुस र चीनका राष्ट्र तथा सरकार प्रमुखहरुको अनुपस्थितिले भारतमा आयोजना हुने पहिलो जी-२० शिखर सम्मेलन खल्लो हुने टिप्पणी भारतमै सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077