Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तातोपानी नाका शुक्रबारबाट मानव आवतजावतका लागि खुल्ने

काठमाडौं । चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रवारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रवारदेखि खुल्ने भएको हो ।

गत मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको बताइएको छ ।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रवारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको हो ।

सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् । मानव आवतजावतका लागि ८ वर्ष पछि नाका खुला हुन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077