Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लवको चेतावनी - एमसीसीविरुद्ध सडक आन्दोलन गर्छौ, देश युक्रेन बन्छ

वीरेन्द्रनगर । नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले एमसीसी नेपालको हितमा नरहेको दाबी गरेका छन् ।

समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमसीसीले देशलाई युक्रेन बनाउने बताउँदै यसलाई नेपालले स्वीकार गर्न नहुने बताए ।

अमेरिकाले अनुदानका नाममा नेपालमाथि हस्तक्षेप गर्न थालेको उनको आरोप छ । 'नेपालको हित विपरित ५० अर्बको अनुदान नेपालीलाई आवश्यक छैन। यसले देशलाई नै ध्वस्त बनाउँछ,' उनले भने ।

एमसीसीविरूद्व आफूहरू सडकमा आइसकेको बताउँदै उनले यसलाई कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077