Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्रोत नखुलेको ५ लाख भारूसहित कैलालीबाट युवक पक्राउ, खैरो हेरोइन पनि बरामद

कैलाली । कैलालीमा स्रोत नखुलेको ५ लाख भारतीय रूपैयाँसहित एकजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा सादा पोशाकको टोलीले गोदावरी नगरपालिका १ बनखेत बस्ने ३५ वर्षीय रमेशबहादुर तिरूवालाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले तिरुवाको घर खानतलासी गरेर चार लाख ७४ हजार पाँच सय भारतीय रूपैयाँ र २ ग्राम १९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले जानकारी दिए ।

उनकाअनुसार सुर्तीको कभरमा लुकाई छिपाई राखेको १८ पोका खैरो हेरोइन र घरको कोठा भित्र स्ल्याबमा राखेको पंखाको कभर (कार्टुन) मा स्रोत नखुलेको भारतीय रूपैयाँ बरामद गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको डीएसपी बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077