Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप : बंगलादेशविरुद्ध श्रीलंकाको सहज जित

काठमाडौं । एसिया कप क्रिकेटमा घरेलु टोली श्रीलङ्काले बङ्लादेशलाई पाँच विकेटले हराउँदै विजयी शुरुवात गरेको छ ।

जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ३९ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बङ्लादेश ४२ ओभर ४ बलमा एक सय ६४ रनमा अलआउट भएको थियो ।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । पहिलो खेलमा पाकिस्तानले नेपाललाई २ सय ३८ रनले हराएको थियो ।

समूह ‘बी’ मा बङ्लादेश, अफगानिस्तान र श्रीलङ्का छन् । भोलि भारत र पाकिस्तानबीच खेल हुनेछ । त्यस्तै, सोमवार नेपाल र भारत खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077