Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लव नेतृत्वको नेकपाद्धारा एमसीसीविरुद्ध आन्दोलनको घोषणा, संयुक्त गोष्ठीदेखि मार्चपाससम्म

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले एमसीसीको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो ।

विप्लव नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को सुरुदेखि नै विरोध गर्दै आएको थियो ।

काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गरिने बताइएको छ ।

असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गरिने भएको छ । मार्चपासमा सामना साँस्कृतिक टोली पनि सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077