Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आजदेखि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक । सर्वसाधारणका लागि उत्तरी तातोपानी नाका शुक्रबारदेखि खुला गरिएको छ । आठ वर्ष पाँच महिनापछि तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका हुन् ।

भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट सीमा क्षेत्र भोटेकोशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै आज नाकाको उद्घाटन गरिएको हो ।

चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकमा नाका आजदेखि सर्वसाधारणका लागि पनि खुलाउने सहमति भएको थियो ।

अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म २ सय २७ निलो रंगको पास जारी गरेको छ । दुबै देशका नागरिकले आवतजावतका लागि पास पाउनेछन्।

नेपालीका लागि उक्त पास कोदारीस्थित अध्यागमन विभागले जारी गर्छ। जिल्लाभित्रका नागरिकले पाउने पासको अवधि एक वर्ष हुन्छ। नाकामार्फत आवतजावत गर्नेहरुलाई निश्चित ठाउँसम्म पुग्ने अनुमति हुन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077