Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलाशमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलाशमा पेशी तोकिएको छ ।

एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएको रिटमाथि न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलाशमा आज अन्तिम सुनुवाइ हुनेछ ।

सभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो ।

मुख्यमन्त्री थापाले सभाध्यक्षसहित मतमा विश्वासको मत लिएपछि नेकपा एमालेले उक्त कार्य गैर संवैधानिक भन्दै रिट दायर गरेको थियो ।

यसअघि नै न्यायाधीश खतिवडाकै एकल इजलाशले मुख्यमन्त्री थापालाई कुनै पनि दीर्घकालीन निर्णय नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।

भदौ ७ गते दिएको अन्तरिम आदेशपछि इजलासबाट भदौ १५ गतेका लागि पेसी ताकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077